
तिमिले भेटौँ भन्यौ तर भेट्न सकिन मैले
मनका रहरहरू तिम्रो सामु पोख्न सकिन मैले
मनले सोचेको थिइन त्यै भयो
उकाली ओराली सहन भिरको बाटो हिँड्न पर्यो
सम्झन्छु मनले जिन्दगी कता तिर जान्छ
आफ्नो मनले पनि आफैतिर तरङ्ग हान्छ
सम्झन्छु मैले यो समयमा भेटौँ भनेर
के के कुरा चल्छ मैले बस्नु परेको छ रोकिएर

यो समयको के कुरा अनेक कुरा सिकाउनु छ
आइदेऊ मेरो सामु तिमिलाई सम्झाउनु छ
जुधेथे आँखा मेरा आँखाको भाव बुझ्न सकिन मैले
तिमिले भेटौँ भन्यौ तर भेट्न सकिन मैले
(गोबिन्द राज ओझा (राजन)
ठेगाना(दिपायल सिलगढी न।पा।२ दिपायल डोटी














