
धनगढी – एसियाली विकास बैंक (एडीबी) धनगढीमा थप ३२ किलोमिटर सडक निर्माण गर्न सहमत भएको छ। एसियाली विकास बैंकले थप लगानी नगर्ने भन्दै फिर्ता हुने निर्णय गरेको थियो।अबको दुई वर्षमा दोस्रो प्याकेजमा धनगढीका विभिन्न १६ वटा सडक निर्माण हुने भएका हुन्।
सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरुमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ। एडीबीका नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसले सुदूरपश्चिमको पर्यटन, वन पैदावार, धार्मिक स्थलहरुको संरक्षण, कृषि, सडक सञ्जाल विस्तारलगायतका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाएका हुन्। धनगढी उपमहानगरपालिकामा सञ्चालित सडक निर्माण कार्यक्रमलाई २ वर्ष थप गर्ने प्रतिबद्धता व्यक्त गरेको हो

बिहीबार एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडसँगको भेटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डाक्टर आरजु राणा देउवा राणासँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहभागी थिए।














