अत्तरियामा सिट्टी बजाएर प्रदर्शन

Image
maya metro

अत्तरिया – दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अत्तरियामा सिट्टी बजाएर प्रदर्शन गरेको छ। गेटामा निर्माणाधिन शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु संसदबाटै अनुमोदन गरिनुपर्ने लगायतका माग गर्दै शनिवार साँझ सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको हो।

शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विधेयक अनुमोदन संगै गेटामा तत्काल ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै सिट्टी बजाएर प्रदर्शन गरेको थियो। उनीहरुले बिभिन्न नारा लेखिएका पोष्टर छातीमा टासेर सिट्टी बजाउँदै अत्तरिया बजार परिक्रमा गरेका थिए।

nisarga