
डडेल्धुरा – डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आएको छ । डडेल्धुरा–धनगढी रुटमा आजदेखी नियमित रुपमा बिजुली बस सेवा सञ्चालनमा आएको हो ।
बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार भोलिदेखि विहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरा सम्म नियमित रूपमा विद्युतिय माइक्रो बस सञ्चालन हुनेछ ।

बिजुली बस सेवा प्रालिबाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्जसम्म सेवा प्रदान गर्ने उदेश्य रहेको भट्टले बताएका छन् ।
त्यस्तै डडेलधुरा-धनगढीसम्मको भाडा ५५० कायम गरिएको छ। विद्युतीय बसका लागि चार्जिङको समस्या हुने देखिन्छ। चार्जका लागि चार्ज स्टेसन निर्माण गर्नुपर्ने सञ्चालकले माग गरेका छन्।













