गोदावरीमा विधालयबाट घर फर्किरहेकि बालिकाको खोलाले बगाउँदा मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीमा विधालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–१२ मा खहरे खोलाले बगाएर स्थानीय भिमबहादुर खत्रीकी ६ वर्षीया छोरी गीता खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

शुक्रबार विधालयबाट घर फर्किने क्रममा बालिकालाई खहरे खोलाले बगाएको प्रहरीले जनाएको छ ।

खोजतलास गर्ने क्रममा बगाएको भनिएको स्थानबाट करिब २ किलोमिटर तल बालिकाको शव भेटिएको हो ।

बालिकाको शव पोष्टमार्टम पछी आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।