
धनगढी – ईमरल्ड एकेडेमी धनगढीमा तीन दिने निशुल्क आँखा शिविरको शुभारम्भ गरिएको छ । धनगढी उपमहानगरपालिका वडा न ३ विशालनगरमा रहेको उक्त स्कुलमा मंगलबारदेखि तीन दिने निशुल्क आँखा शिविर संचालनमा आएको विद्यालयका प्रीन्सिपल शशी पाठकले बताए । निशुल्क आँखा शिविरको पहिलो दिन २२४ विद्यार्थी र ५८ अभिभावकको आँखा चेकजाँच भएको प्रीन्सिपल शशी पाठक बताए ।
गेटा आँखा अस्पतालमा कार्यरत डा.साबित्री भट्टले विद्यार्थी र अभिभावकहरुको आँखा चेकजाँच गरिरहेकी हुन । पछिल्लो समय साना – साना बालबालिकाहरुले पनि मोबाइलको अत्याधिक प्रयोग गर्ने र त्यसबाट निस्किने Blue ray को कारण आँखामा गम्भीर असर परिरहेको देखेर आफुहरुले मोबाइलको दुर्व्यसनी र आँखालाई पारिरहेको असर बारे जागरुक गराई उनिहरुको आँखाको सुरक्षाका लागि निशुल्क आँखा शिविर संचालनमा ल्याइएको प्रीन्सिपल शशी पाठकले बताए ।

मंगलबार संचालनमा आएको निशुल्क आँखा शिविर आज र भोलि गरि तीनदिनसम्म चल्नेछ । शिविरमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थी र उनीहरूका अभिभावकहरुको पनि आँखा चेकजाँच हुने प्रीन्सिपल शशी पाठकले जानकारी दिए । अतिरिक्त क्रियाकलाप तथा सृजनाशीलतामा अग्र स्थानमा रहेको उक्त विद्यालय चुस्त दुरुस्त व्यवस्थापन र उत्कृष्ट नतिजाका कारण धनगढीको लोकप्रिय विद्यालयको रूपमा चिनिदै आएको छ ।



















