यादहरू सम्झनामा रहेका छन्……………

Image
maya metro

यादहरू सम्झनामा रहेका छन् आफै सँग प्रश्न सोध्छन्

मेरा यादहरूका प्रेममय ती दिनहरूले प्रश्न गर्छन्

nisarga

नदेखेर पनि मुटु माझ आउने तिम्रा तस्बिरहरू सँग

प्रेममय जीवनमा बाचेको छु म तिमि सँग

अब सक्दिन होला मैले तिमी विना एक्लै जिउन

म आउँदै छु प्रिय तिम्रो समीप एक छिन बसेर हेर्न

साइनो जोडेको छु साथमा हुनेछु आशा गर्छु

प्रेममय पलहरू हाँसेर जिउन खोजेको छु

प्रिय आँखामा हेरी केही कुरा भनन

म आएको छु तिमि सँगै जिउन

मैले तिम्रो बारेमा सोच्छु तिम्रै बारेमा लेख्छु

फेरी तिमिलाई सम्झेर रोकिएको छु

मलाई कसरी सम्झने गर्छौ

सोची सोची मनले कति मुस्कुराउँछौ

आज फेरी समयले पुराना यादहरूलाई सम्झायो

जहाँ थियौ हामी त्यहाँ प्रेमको मुहान थियो

कुनै महँगा उपहारहरू होइन तिमि आए पुग्थ्यो

तिमिलाई देख्दा मेरा ओठहरूमा खुसीले छायो

तिम्रा ती नयनहरूमा आफैलाई खोजिरहन्थे

मनभित्र अनेक कल्पनाहरूले काउकुती लगाएर जान्थे

गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी