ईलेक्ट्रिकल मोटरसाइकल बनाउने विद्यार्थीसंगै पुर्व उप–प्रमुख कडायतले सेभ हाउसमा मनाईन् जन्मदिन

Image
maya metro

अत्तीरया – कैलालीको गोदावरी नगरपालीकाकी पुर्व उप–प्रमुख रत्ना कडायतले आफ्नो जन्मदिन अत्तरियामा रहेको महिला तथा बालबालीका सेभ हाउसमा मनाएकी छन् । शनीबार परेको जन्मदिनको अवसरमा कडायतले महिला तथा बालबालीका सेभ हाउसलाई विविध सामग्रीहरु सहयोग गरेकी छन् ।

उनले ग्यास सिलिन्डर,कापी,पेन्सील,खेलकुद सामग्री लगायत दैनीक प्रयोग हुने सामग्रीहरु सहयोग गरेकी हुन् । कडायतले जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा सेभ हाउसमा आफुले सक्ने सहयोग गरेको बताईन् । सेभ हाउसमा आश्रीत बालबालीकाको भविष्यप्रति सबै सचेत हुनुपर्ने उनले बताईन् । उनले सेभ हाउसमा आफुले गर्न सक्ने सहयोगकालागी सँधै तयार रहेको बताईन् ।

nisarga

जन्मदिनको अवसरमा कडायतले ईलेक्ट्रिकल मोटरसाइकल बनाउने कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ५ का पारस साँउद र कञ्चनपुरको कृष्णपुर नगरपालीकाका दिनेश विष्टलाई पनी सम्मान गरेकी छन् । उनले दुवैजनालाई झोला,कापी सहित नगद पनी सहयोग गरेकी छन् ।

साँउद र विष्ट गोदावरी नगरपालीका वडा नम्बर ५ स्थीत सरस्वती मा वि गेटाका विद्यार्थी हुन् । उनीहरुले ईलेक्ट्रिकल साइकल बनाएका छन् । उनले यस्तो क्षमता भएका व्यत्तिहरुलाई सबैले हौसला प्रदान गर्नुपर्ने बताईन् ।