रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीका एक जनाको मृत्‍यु

Image
maya metro

बैतडी – रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीका एक जनाको मृत्‍यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको भारतमा मृत्यु भएको हो ।

गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उनको मङ्गलबार हृदयाघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए । कोठामै एक्कासि ढलेका साउदलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

nisarga

परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । मृतक साउदका एक छोरी र श्रीमती छन् ।