विद्यालयमा दशैँ मेला: रमाईलो,सँस्कृति जर्गेना र व्यवसायिक सिप विकासको प्रयास एकैठाँउमा

Image
maya metro

अत्तरिया – कैलालीको गोदवरी नगरपालिका वडा नम्बर २ मा रहेको सत्यवती एकेडेमीले शुक्रबार बडा दशैँको अवसर पारी विद्यालयमा दशैँ मेलाको आयोजना गर्यो । वर्षमा एक पटकमात्रै आउने चाडपर्वमा आफ्नो विद्यालयले आयोजना गरेको उत्त मेलामा विद्यार्थीहरु भरपुर्ण रुपमा रमाईरहेका देखीन्थे । कक्षा ६ मा अध्ययनरत रिहाना खड्काले दशैँ मेलामा आफुलाई रमाईलो लागिरहेको बताईन् ।

nisarga

दशैँ मेलामा विद्यालयले एकता भित्र अनेकता प्रर्दशन गर्ने प्रयास गरेको थियो । जस्कालागि विद्यालयका शिक्षकहरुले कुशलता पुर्वक विद्यार्थीहरुको कामको जिम्मेवारी बाँडफाँड गरेका थिए । कक्षा ३ सम्मका विद्यार्थी नाच गान र साँस्कृतिक कार्यक्रममा सहभागी थिए । साँस्कृतिक कार्यक्रममा विद्यालयले पुराना र मौलिक भाकामा नृत्य प्रस्तुतिकोलागि विद्यार्थीलाई तयारी गरेको थियो । दशैँमा दुर्गामाताको पुजा आरधाना गरिने हुँदा दुर्गा माताकै रुपमा पनी बालिकाहरुलाई प्रस्तुत गरिएको थियो ।

 देश र सुदूरपश्चिमको सँस्कृति झल्किने गरी बालबालिकाहरुले नृत्य तथा गायन प्रस्तुत गरे । उनीहरुले राष्ट्रिय भावले ओतप्रोत गितहरुमा पनि आफ्नो कला प्रस्तुत गरे । मेलामा अभिभावक पनि चाख मानेर आफ्ना बालबालिकाको प्रस्तुति हेरिरहेका थिए भने कतिले विद्यालय परिसरमै गाडिएको पिङमा फोटो र भिडियो खिचिरहेका थिए । दशैँमा पिङ खेल्ने परम्परालाई जर्गेना गदै विद्यालय परिसरमा पिङ गाडिएको थियो । त्यसैगरी खाध परिकार तथा चित्रकला प्रर्दशनी पनी राखीएको थियो ।


कक्षा ४ का विद्यार्थीले पकाउन नसक्ने हुँदा बजारबाट किनिएका तयारी अवस्थाका खानेकुराहरुमात्रै बेच्न लगाईएको थियो । कक्षा ५ देखी १२ सम्मका विद्यार्थीलाई विभीन्न खाध परिकारहरु पकाएर बेच्ने लगायतको जिम्मेवारी दिईएको थियो । स्टलहरुमा विभीन्न खाध परिकार बिक्रिकालागि राखिएका थिए । विद्यार्थीको रुचि र सिप अनुसार जिम्मेवारी बाँडफाँड गरिएको शिक्षक हेमा फुलाराले बताईन् । उनी कक्षा ६ मर्करी सेक्सनकी कक्षा शिक्षक हुन् । मेलामा आफ्ना विद्यार्थीलाई छोले, पुरी र दहि को व्यापार गर्न पठाएकी उनी आफु पनि संगै बसेर विद्याथीलाई सिकाईरहेकी थिईन् ।

केहि विद्यार्थी स्टलमा छोले,पुरी बिक्रिकालागि बसेका थिए भने केहि पकाउनमा व्यस्त थिए । कोहि स्टलको सरसफाई तथा भाँडा धुने जिम्मेवारीमा थिए । धेरै विद्यार्थीहरुले एकै ठाँउमा काम गर्दा सामुहिक दाईत्व सम्बन्धी पनी उनीहरुलाई बोध भएको महसुस गरेको शिक्षक फुलाराले बताईन् । स्टल परिसरमा कोहि अभिभावक पस्नासाथ विद्यार्थीहरु आफ्नो परिकार किन्नकालागि आग्रह गरिरहेका देखिन्थे । त्यतिमात्रै नभई आफ्नो व्यापारमा घाटा लाग्छ की भन्नेमा पनि उनीहरु त्यतिकै सचेत देखीन्थे । कक्षा ६ की छात्रा रक्षा कुवर साथीहरुलाई भन्दै थिईन्“ ए घाटा लाग्छ है,मान्छे बोलाउ”। व्यवशाय गर्ने सिप र क्षमता विकासका लागि पनी यस्ता कार्यक्रम आवश्यक रहेको अभिभावक बबिता खड्काले बताईन् ।

दशैँ मेलाका खाध स्टलहरुमा सुदूरपश्चिमका मौलिक परिकारहरु संगै अन्य परिकारहरु राखिएका थिए थिए । त्यसैगरी स्टलमा चित्रकला प्रर्दशनी,पोषाक प्रर्दशनी पनी राखिएको थियो । “कक्षा १२ मा अध्ययनरत नेहा ओडले आफुले उत्त मेलामा पहिलो पटक सेल पकाएको बताईन् । घरमा बनाउन देखेकी थिए तर आफुले पकाएकोे अनुभव थिएन् आज जानी नजानी भएपनी पकाए थोरै भएपनी सिकाई भयो उनले भनीन् ।” ओडसंगै सेल पकाईरहेकी कक्षा १२ कै छात्रा करुणा दर्जीको अनुभव पनी उस्तै छ ।

आफुले पकाएर बिक्री गर्ने भएपछी धेरै मिहिनेत गरेर पकाएको उनले बताईन् । व्यापार गर्दा कस्तो महसुस हुँदो रहेछ भन्ने आफुहरुले आज अनुभव गरेको उनीहरुको भनाई छ । विद्यालयका सँस्थापक विर बहादुर कडायतले वर्षमा एकपटक आउने चाडपर्वमा रमाईलो,सँस्कृतिको जर्गेना तथा विद्यार्थीहरुलाई विभीन्न सिपमुलक कुराहरु सिकाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले विद्यार्थीको अतिरित्त क्षमता विकास गर्ने उनको भनाई छ ।