
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ मा तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति सुप प्रदेश स्तरीय कराँते प्रतियोगिता २०८० को उद्घाटन गरिएको छ ।
आज एक समारोहकाबिच वडा नम्बर ११ को प्रांगणमासुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश कराँते महासंघले आयोजना गरेको प्रतियोगितामा गोदावरी नगरपालिका वडा नम्बर १०,११ र १२ ले सहयोग गरेका छन् ।














