रामदेवको ‘पतञ्जली’ का विज्ञापनमा भारतको सर्वोच्च अदालतले लगायो रोक

Image
maya metro

भारतीय सर्वोच्च अदालतले पतञ्जली आयुर्वेदलाई औषधि-उपचार सम्बन्धी विज्ञापन गर्न रोक लगाएको छ।

मंगलबार अदालतले पतञ्जलीका विज्ञापन भ्रामक भएको भन्दै स्वास्थ्य र रोगव्याध सम्बन्धी सबै विज्ञापनमाथि रोक लगाउने आदेश दिएको हो।

nisarga

पतञ्जली आयुर्वेद रामदेवको हो।

अदालतले पतञ्जलीका हाल भइरहेका विज्ञापनमा रोक लगाउनुका साथै आगामी दिनमा पनि यस्ता विज्ञापन गर्न नपाउने भनेको छ।

त्यस्तै पतञ्जली र कम्पनीका एमडी बालकृष्ण आचार्यलाई यसअघिको आदेश अवहेलना गरेको भन्दै पत्र पनि पठाएको छ।

यसअघि नै कम्पनीलाई औषधि-उपचार हुने भन्ने खालका भ्रामक विज्ञापन नगर्न आदेश दिइएको थियो। आदेश उल्लंघन गर्दै भ्रामक विज्ञापन गरेकोबारे तीन साताभित्र जबाफ दिनु भन्दै कम्पनी र आचार्यलाई अदालतले पत्र पठाएको हो।

अघिल्लो आदेशमा पतञ्जलीले यस्ता विज्ञापनमा रोक नलगाए कम्पनीको निरीक्षण गर्ने उल्लेख थियो। निरीक्षणमा पतञ्जलीका उत्पादनले दाबी गरेजस्तो वा मेडिकल औषधिले जस्तो काम नगरेको पाइएको खण्डमा हरेक उत्पादनमा एक/एक करोड भारू जरिवाना गरिने चेतावनी पनि दिइएको थियो।

तर उक्त आदेश अटेर गर्दै भ्रामक विज्ञापन प्रसारण गरिरहेकाले अदालते पतञ्जलीलाई आफ्ना विज्ञापन रोक्न आदेश गरेको हो।