डोटीमा सौताको हत्या आरोपमा महिला पक्राउ

Image
maya metro

डोटी – डोटीमा सौताको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। बडीकेदार गाउँपालिका-२ की ३७ वर्षीया यमुना घर्ती मगर ४२ वर्षीया दुर्गा घर्ती मगरको हत्या आरोपमा पक्राउ परेकी हुन् ।

बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्ती मगरकी जेठी श्रीमती दुर्गा चैत १३ गते टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्। उनी यही चैत १२ गते दिउँसो घट्ट जान हिँडेकी थिइन्। नफर्किएपछि खोजी गर्दा भोलिपल्ट बिहान घट्टभित्र मृत फेला परेकी थिइन्।

nisarga

मृतककी भाइबुहारी डम्मरी थापा मगरले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि यमुनालाई प्रहरीले पक्राउ गरेको हो।

यमुनाले ढुङ्गा, हँसिया र बञ्चरो प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिए। उनीमाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रासस