साहित्यकारद्वय त्रिपाठी र बन्धुलाई मनिराज वाङ्मय पुरस्कार

Image
maya metro

धनगढी – नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले दुई जना साहित्यकारलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरेको छ।

प्रतिष्ठानले वरिष्ठ समालोचक, साहित्यकार तथा भाषाविद् प्राध्यापक डा। वासुदेव त्रिपाठी र वरिष्ठ संस्कृतिविद्, साहित्यकार एवम् भाषाविद् प्राध्यापक डा। चूडामणि बन्धुलाई सो पुरस्कार प्रदान गरेको हो।

nisarga

आज धनगढीमा आयोजित एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुरस्कार हस्तान्तरण गरे।पुरस्कारको राशि एक लाख रुपियाँ छ।

धनगढीका महाकाव्यकार तथा ज्योतिषी मनिराज जोशी र उहाँका परिवारका सदस्यहरु गोविन्द, तारा र वसन्तराज जोशीले मनिराज वाङ्मय पुरस्कारको स्थापना गर्नु भएको थियो।सो पुरस्कार नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले हरेक वर्ष नेपालका मूर्धन्य साहित्यकारलाई प्रदान गर्दै आएको छ।पुरस्कारका लागि जोशी परिवारले १० लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ।

प्रतिष्ठानले विगत छ वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार पद्मराज जोशीले बताए।

प्रतिष्ठानले यसअघि, राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राज्ञ दधिराज सुवेदी, पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र उपन्यासकार, कथाकार तथा समालोचक तुलसी भट्टराईलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिसकेको छ।२०७८ र २०७९ मा प्राधिक कारणवश वितरण हुन नसकेको पुरस्कार यसवर्ष एकै पटक प्रदान गरिएको अध्यक्ष जोशीले बताए।

यसैगरी साहित्यकार एवम् पण्डित लक्ष्मीकान्त जोशी रेग्मी र साहित्यकार नारा जोशीलाई क्रमशः जयराज पन्त र नृपबहादुर स्वाँर पुरस्कार प्रदान गरिएको छ।