
अत्तरिया – कैलालीको अत्तीरयामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मोटिभेसनल तालिम प्रदान गरिएको छ ।
अत्तरिया जेसीजको आयोजनामा सोमबार दुर्गालक्ष्मी नमुना माविमा कक्षा ११ र १२ माअध्ययनरत ६० जना विद्यार्थीलाई विद्यालयकै सभाहलमा मोटिभेसनल तालिम प्रदान गरिएको हो ।

तालिममा प्रशिक्षकका रुपमा नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष समेत रहेका मोटिभेसनल स्पिकर राजन शर्मा पौडेल रहेका थिए ।
अत्तरिया जेसीजका महासचिव बम बहादुर बोगटीले विद्यार्थीलाई सकरात्मक मार्गमा डोर्याउने उदेश्यले उत्त तालिमको आयोजना गरिएको बताएका छन् ।
त्यस्तै अत्तरिया जेसीजका अध्यक्ष प्रकाश मल्लले आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याईने बताएका छन् ।



















