डोटीमा एक महिला मृत अवस्थामा फेला

Image
maya metro

डोटी – डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको शिखर नगरपालिका–११ बारपाटा स्थित सेती नदीमा सोही ठाउँकी अन्दाजी ७२ वर्षीया गौरी रोकाया बिहीबार मृत अवस्थामा फेला परेकी हुन्।

nisarga

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।