गोदावरीका ३६ सामुदायिक र ८ संथागत विद्यालयले तोके सूचना अधिकारी

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुले सूचना अधिकारी तोकेका छन् । सूचना प्रविधि शाखाका सूचना प्रविधि अधिकृत मनोज बहादुर धामीका अनुसार गत शुक्रबारसम्म नगरपालिकामा हालसम्म ३६ ओटा सामुदायिक र ८ ओटा संस्थागत विद्यालयले सूचना अधिकारीको नाम पठाईसकेका छन् ।

बाँकी विद्यालयले छिटै सूचना अधिकारी तोक्ने बताएका छन् । सूचना अधिकारी तोक्ने व्यवस्था पहिले नै भएपनि बाध्यकारी गरिएको थिएन् । यद्यपी केहि विद्यालयले यसअघि नै सूचना अधिकारी तोकीसकेका थिए । तर नगरपालिका र सम्बन्धीत निकायसंग भने त्यो तथ्यांक थिएन् । पछील्लो समय विद्यालयहरुले सूचना अधिकारी तोकेर सम्बन्धित निकायमा पनि पठाएका छन् ।

nisarga

गोदावरीमा ५७ ओटा सामुदायिक विद्यालय रहेकोमा एक विद्यालय थप भएको छ तर यस वर्ष बौद्ध गुम्बा बन्द पनि भएको छ । त्यस्तै नगरमा ३८ ओटा संस्थागत विद्यालय रहेका छन् । विद्यालयहरुले सूचना अधिकारी तोकेपछी अभिभावक तथा सोधपुछका लागि आउने व्यत्तिलाई सहज हुने अपेक्षा लिईएको छ ।

प्रधानाध्यापक सधैँ विद्यालयमा नभेटिने र अन्य शिक्षलाई सबै विषयमा जानकारी नहुने हुँदा अन्योलता हुनुकासाथै गैर जिम्मेवार जवाफसमेत आउने गरेको थियो ।