कञ्चनपुरको कृष्णपुरले ल्यायो ९७ करोड ५ लाखको बजेट

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९७ करोड ५ लाख ६० हजारको बजेट सार्वजनिक गरेको हो।

nisarga

कृष्णपुर नगरपालिकाको १५ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि भत्ता रकम दुई सय प्रतिशत बढाइएको छ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई हाल पाँच सय भत्ता दिने गरिएको छ। कृष्णपुरमा ३३ सामुदायिक विद्यालय छन्।

नगर सभाबाट विद्यालयमा छात्राबास सञ्चालन, अंग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयलाई आर्थिक सहयोग गर्ने लगायतका शिक्षा सम्बन्धि कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ।

आगामी वर्ष नगरपालिकाको आन्तरिक आम्दानी ६ करोड पुगाउने लक्ष्य राखिएको छ। नगर सभामा नगरप्रमुख हेमराज ओझाले नीति तथा कार्यक्रम र उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेकी हुन्।