कक्षा १२ को परीक्षामा ५२ वर्षीय वडाअध्यक्ष उत्तीर्ण

Image
maya metro

हेटौँडा – ५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिनुभएका वडाअध्यक्ष शिवप्रसाद खनाल उत्तीर्ण भएका छन्। खनाल मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष हुन्। आफ्नो नाति नातिनीको उमेरका बालबालिकासँगै पठनपाठन गर्दै उनी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

निर्मल बहुमुखी क्याम्पस बस्तीपुर परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका उनीराजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको अति नै महत्त्वपूर्ण भूमिका हुने भएकाले पढाइलाई निरन्तरता दिएको बताउँछन् ।

nisarga