सुदूरपश्चिममा बुधबारदेखि शनिबारसम्म भारी वर्षाको संभावना,धान नकाट्न प्रदेश सरकारको विज्ञप्ति

Image
maya metro

अत्तरिया – सुदूरपश्चिममा भोलि (बुधबार) देखि शनिबारसम्म भारी वर्षाको संभावना भएकाले सतर्क रहन सबैमा अपिल गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक विज्ञप्ति नै जारी गरेर यस्तो अपिल गरेको हो। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रभाव हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान भएको जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले सचेत रहने प्रदेशवासीलाई आग्रह गरेको छ।

nisarga

कृषि क्षेत्रमा बढी प्रभाव पर्ने भएकाले धानबाली नकाट्ने आग्रह गरिएको छ। पहाडी भु–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला खहरे खोलाहरुमा पानीको जलप्रवाहले पानीको सतह बढ्ने सक्ने, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्वन्धित जिल्ला र स्थानीय विपद व्यवस्थापन समति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी तुरुन्त खबर गर्न मन्त्रालयले आग्रह गरेको छ।

वस्ती नजिक बाढी, पहिरो, डुबान, जोखिमको आंकलन गरी सुरक्षाकर्मी तथा स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा घरपरिवार सरसामान सार्ने व्यवस्था गरिनुपर्ने, बाढीका बारेका जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा फोन गर्न लगायतका जानकारी गराउँदै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति नै जारी गरेर सबैमा सचेत रहन आग्रह गरेको छ।