छोरा समिरलाई लिएर बिहिवार एसटिएस सिनेमा आउँदै विराज भट्ट

Image
maya metro

अत्तरिया – १२ गाउँ फिल्म का निर्देशन तथा नायक विराज भट्ट र उनका छोरा तथा नायक समीर भट्ट धनगढी एसटिएस सिनेमा हलमा आउने भएका छन् ।१२ गाउं फिल्ममार्फत नेपाली फिल्म इन्डस्ट्रीमा सानदार कमब्याक गरेका विराज भटृ र उनका छोरा समिर भट बिहिवार कार्तिक८गते धनगढी आउने भएका हुन ।

१२ गाउँ फिल्म रिलिजको दोस्रो हप्ता आफू र टिमलाई माया गर्ने दर्शकलाई भेट्न धनगढी आउन लागेको भट्ट ले बताएका छन । सामाजिक संजाल फेसबुकमा उनले आफनो जन्मथलो धनगढीका दर्शकलाई १२ गाउँ फिल्मलाई माया र सर्पोट गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् त्यस्तै फिल्म रिलिजको पहिलो हप्ता दर्शकलाई भेट्न विभिन्न फिल्म हलमा पुगेका भट्ट ले फिल्म रिलिजको दोस्रो हप्तासम्म पनि दर्शकमा त्यही उत्साह पाएको बताएका छन ।

nisarga

यता विराज भट्ट र उनका छोरा समीर भट्ट धनगढी आउने भन्ने खबरले बिहिवार १२ गाउ फिल्मका लागि टिकट बुकिङ्ग गर्नेहरु बढेको एसटिएस सिनेमा हलका म्यानेजर योगेन्द्र नायकले बताएका छन । बिहिवार लागि अग्रिम टिकट बुकिङ्गको समेत सुविधा भएकाले आफ्नो सिट सुरक्षित राख्न पनि उनले आग्रह गरेका छन ।