डडेल्धुरामा हुने कार्यक्रममा सहभागि हुन कांग्रेस सभापति देउवा सुदूरपश्चिम आउदै

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सुदूरपश्चिम आउने भएका छन । पुर्व प्रधानमन्त्री समेत रहेका देउवा डडेल्धुरामा हुने कार्यक्रममा सहभागी हुन कार्तिक २५ गते सुदूरपश्चिम आउन लागेका हुन ।

उनी बिहान १० बजे नियमित उडान मार्फत धनगढी विमानस्थलमा पुग्ने कायक्रम रहेको छ । उनको सवगतका लागि कैलाली जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई विमानस्थलामा उपस्थित हुन नेपाली कांग्रेस कैलालीले आग्रह गरेको छ ।

nisarga

कैलालीका जिल्ला सभापति नारायण भट्टले एक सूचना प्रकाशित गरि स्वागतका लागि धनगढी विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ ।