कैलालीमा केराखेतीको क्षेत्रफल बढ्दै

Image
maya metro

धनगढी – कैलालीमा केराखेतीको क्षेत्रफल वर्षेनि बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी कैलालीमा केरा उत्पादन हुने गरेको छ।

तर भारतबाट आयात हुने केराका कारण किसानले अपेक्षाअनुसार मुनाफा भने आर्जन गर्न सकेका छैनन्।

nisarga

कैलालीको चिसापानीबाट सुरु भएको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना अन्तर्गत सञ्चालित कृषि कार्यक्रमले केरा खेती विस्तारका लागि अनुदान दिने गरेको छ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा करिब ८ सय ७५ हेक्टर क्षेत्रफलमा केरा खेती हुने गरेको छ। यसबाट वार्षिक २८ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको छ।