गोदावरी स्नानका लागि माघ १ गते निःशुल्क बसको व्यवस्था

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी धाममा लाग्ने मकर मेलाको अवसरमा स्नान गर्न जानेहरुका लागि निःशुल्क बसको व्यवस्था गरिने भएको छ।

गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गर्न लागेको हो। माघ १ गते नगरपालिकाले ५ वटा बस सञ्चालन गर्ने नगरप्रमुख विरेन्द्र भट्टले बताए।

nisarga

मेलामा जाने भक्तजनहरूको सुविधाका लागि स्याउले, मालाखेती, गेटा र अत्तरियादेखि गोदावरीसम्म ५ वटा बस निःशुल्क बिहान ५ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिने उनले बताए।

गत वर्ष पनि नगरपालिकाले मकर मेलाको समयमा निःशुल्क बस सेवा उपलब्ध गराएको थियो। गोदावरी धाम विकास समितिले हरेक बर्ष १२ राषी मकर मेला लगाउने गरेको छ।