अर्कै होटलको समाचारमा आफ्नो होटलको फोटो प्रयोग भएपछि सत्कार होटलकी संचालक चोखालको आपत्ति

Image
maya metro

अत्तरिया – अर्कै होटलको समाचारमा आफ्नो होटलको फोटो प्रयोग भएपछि कैलालीको अत्तरियामा रहेको न्यु सत्कार होटलकी संचालक धनादेवी चोखालले आपत्ति जनाएकी छिन् ।

अत्तरियाको हाम्रो सत्कार होटलबाट अनैतिक क्रियाकलापमा संलग्न दुई जना पक्राउ परेको समाचारमा आज बिहान  प्रेसपत्र डट कमले होटल न्यु सत्कारको फोटो प्रयोग गरेको थियो ।

nisarga

होटल  व्यवसायी महासंघकी केन्द्रिय उपाध्यक्ष तथा गोदावरी होटल व्यवसायी संघकी निवर्तमान अध्यक्ष समेत रहेकी उनले सहयोगका लागि गोदावरी होटल व्यवसायी संघमा निवेदन दिएकी छिन् भने  सामाजिक संजालमार्फत समाचारप्रति आपत्ति जनाउँदै सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेकी छिन् ।

फोटो अपलोडमा त्रुटि भएको स्वीकार गर्दै प्रेसपत्र डट कमले क्षमायाचनासहित फोटो सच्च्याइसकेको छ।