भजनीबाट चितुवाको छालासहित एक जना पक्राउ

Image
maya metro

धनगढी – कैलालीमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन। जिल्लाको भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको बताएको छ।

nisarga

बरामद गरिएको छाला ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइको छ। चौधरीमाथि वन्यजन्तु अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ। नेपालमा वन्यजन्तुका अंगको अवैध व्यापार गैरकानुनी मानिन्छ।