कञ्चनपुरमा प्रहरी जवानले हाने आफैँमाथि गाेली

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गाेली प्रहार गरेका छन् ।

बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैँमाथि गाेली चलाएका हुन् ।

nisarga

साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा उनले आफैंमाथि राइफलको गोली हानेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जाेशीले बताए ।

सो समयमा हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा खटिएका थिए ।

डीएसपी उमेशराज जोशीकाअनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर जवान बिष्ट गम्भीर छन् ।

उनले आफैँले बाेकेकाे एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ । विष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ ।