मजगाउँमा माघ महोत्सव सुरु,मुख्यमन्त्री शाहद्धारा उद्घाटन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत मजगाउँमा माघ महोत्सव २०८१ सुरु भएको छ । महोत्सवको आज एक समारोहकाबिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन् ।

संस्कृति संरक्षण, स्थानिय पर्यटन र आधुनीक कृषि पर्यटनका लागि एकजुट हौ भन्ने मुल नाराका साथ थारू कल्याणकारिणी सभा र वरघर भलमन्सा गोदावरी नगर समितिले महोत्सवको आयोजना गरेकोे हो ।

nisarga

आगामी सोमबारसम्म चल्ने महोत्सवमा मजगाउँ थारु सामुदायिक होमस्टे र खुटिया चारपाते युवा क्लबले सहकार्य गरेको छ । महोत्सवको महोत्सवमा स्थानीय झाँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु कला,सिप झल्कने थारु संग्रहालयको अवलोकनका साथ अन्य रमाइलो मेला प्रदर्शन हुने थारू कल्याणकारिणी सभाका नगर अध्यक्ष जनकलाल चौधरीले बताए ।

थारू कल्याणकारिणी सभाका पूर्व कार्यबाहक सभापति माधव चौधरीले लागूऔषध सम्बन्धि जानकारीमूलक नाटक पनि प्रस्तुत गरिने बताएका छन् । महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायतका स्टलहरु रहेका छन् ।