राप्रपाले अत्तरियादेखि धनगढीसम्म वृहत् मोटरसाइकल र्‍याली निकाल्ने

Image
maya metro

अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कैलालीको अत्तरियादेखी धनगढीसम्म वृहत मोटरसाइकल र्‍याली निकाल्ने भएको छ ।

भोली (मंगलबार) राष्ट्रवादी युवा समुह र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय झण्डासहितको वृहत र्‍याली निकाल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।

nisarga

आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन, राजनीतिक स्थिरता प्रदान गर्न तथा राजनीतिक स्थायित्वकै लागि संविधान संशोधन र तदनुकुलको कानुन निर्माणलाई प्राथमिकता दिने भन्दै सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार, सरकार निर्माणको आफ्नो उद्देश्यबाट च्युत भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोली मोटरसाईकल र्‍याली र १८ गते धनगढीमा आमसभा गर्ने जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यले र्‍यालीको तयारी पुरा गरेको प्रदेश अध्यक्ष जोशीले बताए ।

त्यसका साथै पछिल्लो केही समययता अन्तरराष्ट्रिय स्तरमा देशको स्वाभिमान घट्दै आएको बेलामा राष्ट्रवादी योद्धाहरु जाग्न जरुरी रहेको सन्देश दिनलाई पनि र्‍याली आयोजना गर्न लागिएको उनले बताए ।

 झन्डै ५ सय बाइक सहितको र्याली धनगढी पुगेर कोण सभामा परिणत हुने पार्टीका युवा नेता विराज बिष्टले बताए । र्याली पछिको कोण सभालाई सांसद धबल सम्शेर राणाले सम्बोधन गर्ने छन् ।

हालको प्रदेश संरचना खारेज , राज संस्था सहितको हिन्दु राज्य पुनःस्थापन र भ्रष्टाचार विरुद्ध दबाब दिने उदेश्यले लर्याली को आयोजना गरिन लागेको उनको भनाई रहेको छ ।

अत्तरिया बसपार्कबाट मंगलबार दिउँसो १२ बजेदेखी धनगढीसम्मका लागि र्‍याली आयोजना हुने बताउदै उनले र्‍यालीमा सहभागी भईदिन सम्पुर्णलाई आग्रह पनि गरे ।