कञ्चनपुरमा टिप्परको ठक्करबाट किशोरको मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा टिप्परको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

शुक्रबार जिल्लाको दोधाराचाँदनी नगरपालिका–१ मा सुपप्र ०२–००१ ख ०५९८ नम्बरको टिप्परले ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको ज्यान गएको हो ।

nisarga

टिप्परकै ठक्करबाट २२ वर्षीय नरेश लुहार घाइते भएका छन् । उनलाई उपचारका लागि भारतको खटिमातर्फ लगिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।