सुत्केरीको उद्धार गरेकी प्रहरी जवान देउवा आइजीपीबाट पुरस्कृत

Image
maya metro

अत्तरिया – कैलालीमा एक सुत्केरीको उद्धार गरेकी प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई प्रहरीले सम्मान गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका १ चैतन्यपुरको सडकमा प्रसव पीडाले छट्पटाइरहेकी ती महिलालाई देखेपछि उनले उद्धार गरेकी थिइन्।

nisarga

आमा र बच्चाको ज्यान जोगाई प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका निर्वाह गरेको भन्दै अस्थायी प्रहरी बिट खैराना, कैलालीमा कार्यरत देउवालाई प्रहरी महानिरीक्षक दीपक थापाले पुरस्कृत गरेका हुन्।

उनले सुरक्षित सुत्केरी गराउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।