
अत्तरिया – दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले कुनै ठाँउमा जातिय विभेद भए सिडिओ र एसपीको कठालो समात्न उर्दी जारी गरेका छन् ।
दलितका लागि दलित अभियानको बृहत सभालाई सम्बोधन गर्न बिहिबार कैलालीको अत्तरिया पुगेका सुनारले यस्तो उर्दी जारी गरेका हुन् ।

प्रहरी र प्रशासनको जिम्मेवारी शान्ति, अमनचयन कायम गर्नु भएकोले त्यस बमोजिम नभए सिडिओ र एसपी दोषी हुने बताएका हुन् ।
“मैले यो कुरा भन्दै आएको छु, कैलालीका कुनै पनि गाउँमा, कुनै पनि ठाँउमा कुनैपनि दलितमाथि जातिय विभेद भयो, घटना अत्याचार भयो भने यहाँका सिडिओ र एसपीलाई कारबाहि हुन्छ यो कुरा पुर्याइदिनु । उनले भने, एसपीको कठालो समाउनु, सिडिओको कठालो समाउनु, त्यलाई खगेन्द्र सुनारले पठाको हो भन्नु, कति वर्ष जेल बस्न पर्छ म तयार छु ।”
















