डडेल्धुरामा सर्पको टोकाईबाट किशोरको मृत्यु

Image
maya metro

अत्तरिया – डडेल्धुरामा सर्पको टोकाईबाट एक किशोरको मृत्यु भएको छ ।

परशुराम नगरपालिका वडा नम्बर- ७ का १५ वर्षीय प्रकाश भट्टको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

nisarga

बिहिबार (आज) बिहान घर आगनमा हिडिरहेका बेला भट्टलाई खुट्टामा सर्पले टोकेको थियो ।

उनको जोगबुढा अस्पतालमा उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।