कारागार घटना : कैलालीका सिडिओ हमाल गृह तानिए

Image
maya metro

कैलाली – कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन् ।

कैलाली कारागारमा यही साउन २३ गते शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको झडपको घटनामा सीडीओ हमाललाई गृह मन्त्रालय तानिएको हो ।

nisarga

गृह मन्त्रालय स्रोतका अनुसार, उनलाई बुधबार गृह तानिएको हो । त्यस्तै कैलालीमा भने दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाइएको छ ।

कैलाली कारागारमा कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना कैदीबन्दी घाइते भएका थिए ।

कैदीबन्दी आक्रामक बन्दा दुई दिनसम्म अवस्था तनावपूर्ण बनेको थियो । मानव अधिकार आयोगको टोलीले पनि कारागार निरीक्षण गरेको थियो । गृह स्रोतका अनुसार कारागार घटना हुनुमा सुरक्षा कमजोरी देखिएकाले सिडियोलाई मन्त्रालय तानिएको हो।

उक्त घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले जाहेरी पनि दिएको छ ।