
अत्तरिया – अछाममा महिनावारी बारेर पाल टागेर सुतेको अवस्थामा ढुङ्गा लागेर दुई जनाको मृत्युु भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका– ८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल टागेर सुतिरहेको अवस्थामा शुक्रबार बिहान ५ः३० बजेको समयमा खसेको ढुङ्गा लागेर दुई जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृत्यु हनेमा ७ वर्षीय बालिका कविता भण्डारी र ३५ वर्षीय निम खनाल रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा घाइते भएकी कविताकी आमालाई उपचारका निम्ति स्थानीय स्वास्थ्यचौकीमा पठाइएको छ ।
प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट गाडीमा ३/४ घण्टाको अवधीमा रहेको छ ।
















