छिटो सेवा प्रवाह गर्न कर्मचारीलाई मुख्यमन्त्री शाहको निर्देशन

Image
maya metro

धनगढी – प्रदेशका कार्यालयबाट छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सुदूरपश्चिम प्रदेश सरकार लागेको छ। भाद्र २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा प्रदेश कार्यालयका भौतिक संरचनाहरु ध्वस्त भएपछि कार्यालयबाट हुने सेवा प्रवाह अवरुद्ध भएको छ।

प्रदेश कार्यालयबाट प्रवाह हुने सेवा अवरुद्ध भएसँगै जनताले झेल्दै आएको सास्तीलाई मध्यनजर गर्दै प्रदेश सरकार सेवा सुचारू गर्न लागेको हो। बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले ध्वस्त संरचनाहरूको पुनर्निर्माण तथा कार्यालय सञ्चालन गरी जनतालाई सेवा दिने विषयमा कर्मचारी तथा विकास साझेदारहरूसँग छलफल गरेका छन।

nisarga

उनले छिटोभन्दा छिटो कार्यालय सञ्चालन गरी जनतालाई सेवाप्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए। जस्तोसुकै विषम परिस्थितिमा पनि जनतालाई सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी रहेकोमा मुख्यमन्त्री शाहको जोड थियो।

छलफलकै क्रममा मुख्यमन्त्री शाहले विकास साझेदारहरूसँग प्रदेशका कार्यालयहरू सञ्चालन तथा पुननिर्माणका विषयमा छलफल गरेका थिए। यसअघि मुख्यमन्त्री शाहले मङ्गलबार प्रदेशस्थित ध्वस्त २९ वटा कार्यालयहरूको भौतिक संरचनाको निरीक्षण गरेका थिए ।