कैलालीमा श्रीमतीले गरिन् श्रीमानकाे हत्या

Image
maya metro

अत्तरिया – कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।

शनिबार राति जोशिपुर गाउँपालिका- ३ बस्ने ३५ वर्षीया सुनितादेवी कठरीयाले श्रीमान् ५० वर्षीय लखनलाल कठरियाकाे हत्या गरेको प्रहरीले जनाएको छ ।

nisarga

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले राति करिब ११ बजे घरमै कठरीयाकाे हत्या भएको बताए ।

श्रीमती सुनिताकाे हताैडा प्रहारबाट गम्भीर घाइते भएका उनलाई टीकापुर अस्पताल लगिएकाे थियो । कठरीयाकाे उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको उनले बताए ।

हताैडा प्रहार गरेर श्रीमान्‌को हत्या गरेकाे अभियाेगमा उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीहरूबीचकाे विवादकाे कारण भने खुलेकाे छैन । कठरीयाकाे शव परीक्षणपछि आइतबार प्रहरीले बुझेको छ ।