अत्तरियाबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियाबाट साढे ७ ग्राम बढी लागूऔषध खैरो हेरोईनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाका आधारमा प्रहरीले इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले खैरो हेरोइनसहित बिहीबार गोदावरी नगरपालिका–२, अत्तरिया बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनामाथि चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

nisarga

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१० का २२ वर्षीय बिशाल सिंह र सोही ठाउँका २० वर्षीय घर्मेन्द्र सुनार रहेका छन्। चेकजाँचका क्रममा उनीहरूको साथबाट ७ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।