
अत्तरिया – कैलालीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
शनीबार बेलुकी पौने ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–२ झिलमा महाकाली यातायातको सुपप्र ०१–००१ ख १३७३ नम्बरको बसले ठक्कर दिँदा जानकी गाउँपालिका–२ की ८२ वर्षीया तारा देवी पाठकको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी पाठकको उपचारका क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक कञ्चनपुरको शुक्लाफाँटा- १ का ३६ वर्षीय भोजराज भट्टलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















