
अत्तरिया – कैलालीको अत्तरियामा जारी महोत्सवमा आज (शुक्रबार) चर्चित नायक, मोडल पल शाह लगायतको प्रस्तुति रहने भएको छ।
आज महोत्सवमा नायक शाह संगै गायिका शान्ता रानी परियार, डान्सर ऋतु चौधरी, सुशीला तिरुवा, अस्मिता जुरेली, लाल बोगटी, कुलेन्द्र परियार, लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको आयोजकले जनाएको छ।

यस्तै महोत्सव अवधिभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी,युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धन सम्बन्धी सूचना स्टल, समुदायमैत्री मनोरञ्जन कार्यक्रम रहेको आयोजकले जनाएको छ।
















