हरिनगर खानेपानीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने निर्णय

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित मजगाउँमा रहेको हरिनगर खानेपानी उपभोक्ता समितिको पाँचौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

मजगाउँमा रहेको संस्थाको प्रांगणमा मंगलबार एक कार्यक्रमका बिच समितिको पाँचौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो ।

nisarga

समितिका अध्यक्ष नरेश बहादुर अधिकारीको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर- ८ का वडा अध्यक्ष गोबिन्द चौधरी प्रमुख अतिथि रहेका थिए ।

साधारण सभाले समितिको वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने पनि निर्णय गरेको छ ।

अधिकारी नेतृत्वको वर्तमान कार्यसमितिमा केशवराज विनाडी उपाध्यक्ष, चेतराज ओझा, सचिव र सितादेवी चौधरी कोषाध्यक्ष रहेका छन् ।

त्यसैगरी मणिराम चौधरी, गोरख बहादुर खड्का, दिपक बोगटी, पदमसिंह चौधरी र बलराम चौधरी सदस्य रहेका छन् ।