कैलालीबाट ट्याटु स्टुडियो संचालक लागूऔषधसहित पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीबाट ट्याटु संचालक लागूऔषधसहित पक्राउ परेका छन्।

कैलालीको बर्दगोरिया गाउँपालिका–२ बर्दगोरिया धाम स्थित माघि मेलामा ट्याटु स्टुडियो संचालन गर्दै आएका बर्दगोरिया गाउँपालिका–४ निमुवाबोझी बस्ने २८ वर्षीय मिनबहादुर बोहरा र सोही ठाउँ बस्ने २४ वर्षीय तेजबहादुर बिष्ट  लागूऔषधसहित पक्राउ परेका हुन्।

nisarga

उक्त ट्याटु स्टुडियो पसलमा चेकजाँच गर्दा पसलबाट ६०० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।