
बाजुरा – गएराती देखि बाजुरामा वर्षासँगै भारी हिमपात भएको छ।
जिल्लाको बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ।

हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ।
वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने बाजुराबासीले अपेक्षा गरेकाछन् ।
त्यस्तै बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ। जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो।















