कैलालीमा लागु औषध ब्राउनसुगरसहित ३ जना पक्राउ

Image
maya metro

धनगढी – कैलालीबाट ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ मोहनपुर स्थित सोही ठाउँ बस्न २० वर्षीय अजय राना ७५० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन्। रानालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको छ।

nisarga

यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट बैलालीको गोदावरी नगरपालिका–४ बस्ने २५ वर्षीय लोकेन्द्र बोगटी १ ग्राम ४ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्।

बोगटीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। उता बर्दगोरिया गाउँपालिका–२ कुम्भिया स्थित सोही ठाउँ बस्ने २३ वर्षीय शिशिर बम ७१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।

बमलाई लागु औषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।