
अत्तरिया – प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर- ४ का लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय सारिएको छ।
नयाँ कार्यालय गोदावरी नगरपालिका–५ मा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उत्तर–पूर्वतर्फ खेलमैदानसँग जोडिएको खाली भवन (सिद्धबाबा माध्यमिक विद्यालय, गेटी नजिक) मा सरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालय गोदावरी नगरपालिका–१ स्थित कृषि तथा पशुपन्छी उपचार सेवा केन्द्रको भवनमा सञ्चालन हुँदै आएकोमा उक्त भवन आगामी निर्वाचनसम्बन्धी कार्यका लागि अपर्याप्त भएपछि कार्यालय स्थानान्तरण गरिएको हो।
मतपत्र व्यवस्थापन, जनशक्ति परिचालन तथा मतगणनालगायत निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य सोही नयाँ स्थानबाट सञ्चालन हुने जनाइएको छ।













