कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

Image
maya metro

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

 सोमवार साँझ टीकापुरबाटै भजनीतर्फ जाँदै गरेको भे१त ४५५६ नम्बरको ट्र्याक्टर टीकापुर नगरपालिका-७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

nisarga

दुर्घटनामा भजनी नगरपालिका(७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरिया गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले राति ८ः२० मा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् । उनलाईउपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ।