निर्वाचन आचारसंहिता पालना गर्न कैलाली- ४ का उम्मेदवारहरू प्रतिबद्ध

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्षेत्र नम्बर- ४ को निर्वाचन आयोगको कार्यालय द्धारा बुधबार आयोजित सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्ने उम्मेदवारहरुले प्रतिबद्धता गरेका हुन् ।

nisarga

सहायक निर्वाचन अधिकृत गीरीराज भण्डारीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवाला निकायदेखि राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका थिए ।

यस क्षेत्रमा १ स्वतन्त्र र १५ राजनितिक दल गरी १६ जना उम्मेदवार छन् ।