लोकल खानाको स्वाद पस्किँदै अत्तरियाको नमस्ते होटल

Image
maya metro

अत्तरिया – कैलालीकको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियामा रहेको नमस्ते होटलले खानाका लोकल परिकार पस्किन थालेको छ।

अत्तरियामा १० वर्षदेखि सञ्चालनमा रहेको यो होटलले सुदूरपश्चिममा प्रचलित खानाका परिकारहरु पस्किन सुरु गरेको हो । होटलका सञ्चालक लक्ष्मण धामीले फापर, कोदो, मकैको रोटी, मार्सी चामलको भात लगायतका परिकारहरु उपलब्ध रहेको बताए ।

nisarga

सुदूरपश्चिमभन्दा बाहिरबाट आएर पहिलो पटक चाख्न चाहनेदेखि लिएर स्वाद लिदैं आएकाहरूले सकरात्मक प्रतिक्रिया दिने गरेको उनले बताए । सुदूरपश्चिमको स्थानीय परिकारहरु पछिल्लो समय लोप हुँदै गएको र ले पनि आफूले यहाँबाट उपलब्ध गराएको उनले बताए।

‘पछिल्लो समय हाम्र्रा स्थानीय परिकारहरु हराउँदै गएका छन्, आधानिक र आयातित परिकारहरुमा सबैजसो रमाउने गरेको देखिन्छ, उनले भने, यि लोकल परिकारहरु स्वादिला त हुन्छन् नै स्वस्थकर पनि त्यतिकै हुन्छन् । त्यसैले हामीले लोकल परिकारहरु पकाउन सुरु गरेका हौँ ।’

परिकारका लागि चाहिने आवश्यक खाद्यानहरु उनले सुदूरपश्चिमका पहाडी जिल्लाबाट मगाउने गरेका छन् ।

लोकल खानाको परिकार स्वादिलो र अग्र्यानिक हुने भएकोले धेरैले यस्ता परिकार मन पराउने गरेको उनले बताए ।