गगन थापालाई हराउँदै अमरेशकुमार सिंह निर्वाचित

Image
maya metro

सर्लाही – सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका सभापति थापाले २२ हजार ८३१ मत ल्याए ।

nisarga

यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरेका छन् भने गगन थापाको पहिलो हार भएको छ ।

०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक पूरा गरेका थिए ।

यसपटक मधेश झरेर चुनाव लडेका थापाको पहिलो हार भएको छ ।