गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजनाको वार्षिक कार्यक्रम सार्वजनिक

Image
maya metro

अत्तरिया – गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजनाले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

मुक्त कमैया महिला विकास मञ्चले कैलालीको गोदावरी नगरपालिकामा गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजना सञ्चालन गर्दै आएको छ ।

nisarga

गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया, प्रशासकिय अधिकृत शिवराज भाट,विभिन्न शाखा प्रमुखहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा परियोजनाले आज (बुधबार) आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम संयोजक इन्द्र चौधरीले सन् २०२६ मा गोदावरी नगर क्षेत्रमा परियोजनाले गर्ने काम कारबाहि र लागतबारे जानकारी गराएका थिए ।

वार्षिक कार्यक्रमबारे जानकारी गराउँदै चौधरीले बनाउन मुक्त कमैया महिला विकास मञ्चको पहिलो प्राथमिकता महिलालाई स्वरोजगार बनाउनु रहेको बताए ।

विभिन्न सिपमूलक तालिम लिन निवेदन माग गर्ने र मागकर्ताको माग बमोजिम नै तालिम सञ्चालन हुँदै आएको उनले बताए ।

गैर परम्परागत क्षेत्रलाई प्राथमिकतामा राख्दै तालिम प्रदान गर्ने, व्यवसाय दर्ता र बजारीकरणमा सहयोग गर्ने गरी कार्यक्रम ल्याइएको चौधरीले बताएका छन् ।